नियम ३६क
राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जानकारी गराउनु पर्ने
प्रधानमन्त्रीले देहायका विषयहरूमा राष्ट्रपतिलाई जानकारी
गराउनु पर्नेछ ः–
(क) मन्त्रिपरिषद्का निर्णय,
(ख) सङ्घीय संसदमा पेश गरिने विधेयक,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित विषयमा राष्ट्रपतिले जानकारी मागेको अन्य आवश्यक
विवरण,
(घ) नेपालको समसामयिक परिस्थिति र बैदेशिक सम्बन्धका विषय,
(ङ) विदेशी राज्य वा सरकारसँग भएका सन्धि, सम्झौता, समझदारी,
(च) नेपाल सरकारको आय–व्ययको वार्षिक विवरण (बजेट),
(छ) मुलुकको शान्ति सुरक्षा सम्बन्धी प्रमुख विषय,
(ज) नेपाल सरकारले व्यवस्थापिका–संसद समक्ष पेश गर्ने वार्षिक नीति तथा कार्यक्रम,
(झ) राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा भएका निर्णय सम्बन्धी विषय ।